तुलसीपुर,फागुन २४ । १ सय ११ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा ज्ञानज्योती मावी तुलसीपुरमा सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
ज्ञानज्योती मावीमा प्लस टु संकायमा अध्ययनरत विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा बोल्ने सहभागीले घर समृद्ध भएमात्र देश समृद्ध हुनेमा जोड दिए ।
विद्यालयका प्रध्यानाध्यापक सुरेन्द्र जिसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै शिक्षिका पदमा पौडेलले प्रत्येक वर्ष नारी दिवस मनाउदै आएपनि महिला माथी हुने शारिरिक र मानसिक हिंसा नरोकिएको भन्दै चिन्ता व्यक्त गरिन ।
कार्यक्रममा अधिकारकर्मी सुस्मा गिरी,सपना बस्नेत,पत्रकार निरला अर्याल गैरे,विद्यार्थी मिसन डाँगी लगाएतले बोलेका थिए ।
कार्यक्रममा विभिन्न व्यक्तीहरुलाई सम्मान एवं मायाको चिनो प्रदान गरिएको थियो । सहजीकरण विद्यालयका शिक्षक सोमराज बस्नेतले गरेका थिए ।