२०८१ चैत्र ४ गते सोमवार

रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

रोल्पा,फागुन २३ । रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

रोल्पाको रून्टीगढी गाउँपालिका वडा नं ६ गातिनामा गएराति ना ७ त ६४०० नं को ट्याक्टर दुर्घटना हुँदा गातिनाका ३१ वर्षीय खगेन्द्र रानाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक शंकर खड्काका अनुसार ट्याक्टरले च्यापिएर रानाको घटनास्थलमै ज्यान गएको हो ।

ट्याक्टर चालक रोल्पाको मिरुल घर भई हाल दाङ देउखुरीको सिसहनियाँ बस्ने बलप्रसाद बुढामगरलाई इलाका प्रहरी कार्यालय होलेरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *