२०८२ असार ७ गते आइतवार

नेकपाको नाम विवाद ः न्यायाधीश श्रेष्ठ र रेग्मीको इजलासमा

काठमाडौं,फागुन २३ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को नाम सम्बन्धी विवाद न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ ।

साविक नेकपा (एमाले) र नेकपा ९माओवादी केन्द्र० एकिकरण भएपछि आफ्नो पार्टीसँग मिल्दो नाम राखेको भन्दै ऋषिराम कट्टेलले २१ मंसिर २०७५ मा निर्वाचन आयोग लगायत विरुद्ध मुद्दा दर्ता गरेका थिए ।

आयोगले कट्टेलको पार्टीको नामको छोटकरी रुप (ने. क. पा. ) भएकाले केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पार्टीलाई (ने क पा)  बनाएर दर्ता गर्न दिएको थियो ।

आयोग स्रोतका अनुसार अदालतले कट्टेलको पक्षमा फैसला ग¥यो भने ओली–प्रचण्डले पार्टीको नाम फेर्नुपर्ने हुन्छ ।

 

प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *