काठमाडौं, फागुन २२ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री बन्न लोभ नभएको बताएका छन्।
शनिबार देउवा निवासमा बुढानिलकण्ठमा आयोजित एक कार्यक्रममा देउवाले प्रमुख प्रतिपक्षी दलको नेता भनेको वेटिङ प्राइममिनिष्टरु भए पनि आफू भने प्रधानमन्त्री पदको पछि नलागेको बताए ।
प्रमुख प्रतिपक्षी दलको नेता भनेको प्राइममिनिष्टर इन वटिङु हो, तर म त्यसमा पनि छैन हेर्नुस्’, उनले भने, ‘मलाई प्रधानमन्त्री बन्ने लोभ पनि छैन, लालच पनि छैन। यस्तामा लाग्नु पनि छैन।’
आइतबार प्रतिनिधिसभाको बैठक बस्दैछ ।
नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्न नेकपा प्रचण्ड–माधव पक्षले प्रस्ताव गरेको भएपनि कांग्रेसले आफ्नो स्पष्ट दृष्टिकोण सार्वजनिक गरिसकेको छैन ।
प्रकाशित मिति : २०७७ फाल्गुन २२ गते शनिवार