तुलसीपुर , फागुन ४ । ६ केजी भन्दा बढी लागुऔषध अफिमसहित एक युवकलाई दाङ प्रहरीले पक्राउ गरेको छ ।
रोल्पाको थवाङ गाउँपालिका वडा नं। ५ का ३८ बर्षीय प्रकाश घर्तीलाई प्रहरीले सोमबार बेलुका पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले मंगलवार पत्रकार सम्मेलनमा घर्तीलाई घोराही उपमहानगरपालिका वडा नं. १९ दुईखोली भन्ने ठाउँबाट बेलुका ८ बजे पक्राउ गरेको जानकारी दिए ।
गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गरिएको उनले बताए । प्रहरी निरिक्षक मोहनजंग थापाको नेतृत्वको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो ।
घर्तीले बोेकेको झोलामा ८ वटा पोका बनाई राखेको अवस्थामा अफिम बरामद भएको र त्यसको तौल गर्दा तत्काल ६ किलो २ सय ३९ ग्राम रहेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
घर्ती बिरुद्ध लागु औषध शिर्षकमा मुद्दा चलाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।