मंसिर २७ । गण्डकी प्रदेशसभा सासंद टेक बहादुर घर्तीको निधन भएको छ । बागलुङ क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित सांसद टेकबहादुर घर्तीको उपचारका क्रममा भारतको नयाँ दिल्लीमा आज निधन भएको छ । जन्डीसबाट पीडित ४६ वर्षीय घर्तीलाई उपचारका लागि मंगलबार एअर एम्बुलेन्सबाट एपोलो अस्पताल लगिएको थियो ।
लामो समयदेखि बिरामी परेका घर्तीको काठमाण्डांैको ग्रान्डी अस्पतालमा उपचार हुन नसकेपछि भारत लगिएको थियो । घर्तीको कलेजो प्रत्यारोपणको तयारी हुँदै थियो । घर्ती राष्ट्रिय जनमोर्चाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
प्रकाशित मिति : २०७५ मङ्सिर २७ गते बिहिवार