काठमाडौं, माघ २३ । संवैधानिक आयोगमा नियुक्ति बदरको माग गर्दै सभामुख अग्नि सापकोटाले सर्वोच्च अदालतमा रिट पेश गरेका छन्।
सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानले सभामुख सर्वोच्च अदालतमा पुगेर रिट पेश गरेको सेतोपाटीलाई जानकारी दिए।
उनका अनुसार प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभा अध्यक्ष, मुख्यसचिवसहित नियुक्ति पाएका कर्मचारीविरूद्ध रिट पेश भएको हो।
सभामुख सापकोटाले यसअघि नै प्रधानमन्त्रीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश गैरसंवैधानिक भएको टिप्पणी गरेका थिए।
उनले संवैधानिक अंगका प्रमुख र सदस्यहरूको सपथ ग्रहण समेत बहिष्कार गरेका थिए।
संसदीय सुनुवाइका लागि संसद सचिवालयमा दर्ता भएको संवैधानिक परिषद्को पत्र सहितका विवरण समेत समिति नभएको उल्लेख गर्दै उनले फिर्ता गरिदिएका थिए।
संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायका पदाधिकारीमा सिफारिस गरेका ३२ जनालाई संसदीय सुनुवाइबिनै बुधE0ार शीतल निवासमा शपथ गराइएको थियो।