२०८१ फाल्गुन २ गते शुक्रवार

तुलसीपुरका होटल अनुगमन गर्दा प्रायका भान्सा फोहोर फेला परे

तुलसीपुर,माघ २० ।तुलसीपुरका मुख्य चोकमा रहेका होटल तथा रेष्टुरेन्टहरुको अनुगमन गरिएको छ । मंगलवार तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाको अगुवाईमा पुगेको टोलीले तुलसीपुर बजारका मुख्य चोकमा रहेका ७ वटा होटल तथा रेष्टुरेन्टहरुको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा अधिकांश होटलका भान्साहरु दुर्गन्धित र फोहोर भेटिएको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख रेखा शर्माले जानकारी दिइन । ‘अनुगमनका क्रममा अधिकांश होटलहरुको भान्साहरु फोहोर भेटिए,’ उनले भनिन् ‘केही होटलबाट म्याद नाघेका सामानहरु समेत बरामद ग¥यौँ।’

भान्सा र चर्पीसगै रहेको, भान्सामा सरसफाई कमि देखिएको,फ्रिजमा खाद्य पदार्थ असुरक्षित तवरले भण्डारण गरेको जस्ता कुराहरु फेला परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख बिबेक बन्जाराले जानकारी दिए ।

त्यस्तो ठाउँमा भान्साको भित्ता तथा भुईमा टायलको व्यवस्था गर्न,भान्सा भित्रै रहेको चर्पिको उचित व्यवस्थापन गर्न,भान्सामा उचित सरसफाई गर्ने व्यवस्था मिलाउन होटल सञ्चालकलाई निर्देशन दिइएको उनले बताए ।

साथै उनले अटेरी गरेको पाइएमा कारवाही गर्ने चेतावनी दिइएको बताए । ‘केही होटलको भान्छा र भण्डारण कक्ष फोहोर र दुर्गन्धित भेटियो,’ बन्जाराले भने ‘ त्यस्तालाई एक हप्ताको अवधिमा सुधार गर्न कडा निर्देशन दिएका छौैं नगरे कारबाही हुन्छ ।’

अनुगमनमा तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखासहित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, स्थानीय प्रशासन, प्रहरी, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७७ माघ २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *