२०८१ जेष्ठ १५ गते मङ्गलवार

लुम्बिनी प्रदेश राजधानी दाङमा लगानीको वातावारण निर्माण गर्न आवश्यक छ – टंकसिंह बुढाथोकी

तुलसीपुर,माघ २० । दाङ जिल्ला उद्योग बाणिज्य संघ र तुलसीपुर उद्योग बाणिज्य संघका प्रतिनिधिहरुका बीचमा छलफल भएको छ ।ब्यबसायिक हकहित र सम्भाबनाहरुको पहिचान गर्ने उदेश्यका साथ दूई संघका पदाधिकारीका बीचभा मंगलवार छलफल भएको हो ।

तुलसीपुर उद्योग बाणिज्य सघले आयोजना गरेको कार्यक्रममा दाङ जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष टकंसिह बुढाथोकीले लुम्बिनी प्रदेशको राजधानी दाङमा लगानीको वाताबरण सृजना गर्न जरुरी रहेको बताए ।

त्यस्तै उनले बजारहरुको ब्यबस्थापनमा बाणिज्य सघंहरुले भुमिका खेल्न जरुरी रहेको बताए । बेलुका ९ बजे सम्म पसल र होटलहरु खुल्ला राख्न स्थानीय प्रशासन संग समोन्वय गर्न जरुरी रहेको उनले जोड दिए ।

कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य सघंका अध्यक्ष बिरबहादुर रावत (बिरु)ले नीजि क्षेत्रको एकता अहिलेको आबश्यकता रहेको भन्दै एक भएर अगाडि बढनुपर्ने बेला आएको तर्क गरे ।

कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य सघका पूर्व अध्यक्ष बिमल रिजालले ब्यबसायिहरुका गतिबिधिले नै आर्थिक क्षेत्र चलायमान हुने भन्दै सरकारले लगानी मैत्री वाताबरण सृजना गर्न भुमिका खेल्नुपर्ने तर्क गरे ।

ब्यबसायिक एजोण्डा स्थापित गर्न पश्चिमको हापुरेदेखि भालुबाङ सम्मका ब्यबसायिहरुको एकता आवश्यक पर्ने धारणा राखे ।

कार्यक्रममा दाङ जिल्ला उद्योग बाणिज्य सघका यअसघिका अध्यक्ष नारायण भुषाल, तुलसीपुर उद्योग बाणिज्य सघंका बरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसे,महासचिब रुपबहादुर खत्री लगाएतले मनतब्य व्यक्त गरेका थिए ।कार्यक्रमको सहजिकरण प्रेस सल्लाहकार शरद रेग्मीले गरेका थिए ।

प्रकाशित मिति : २०७७ माघ २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *