२०८२ असार ९ गते मङ्गलवार

म्यानमारकी नेतृ सुकी सेनाको हिरासतमा

काठमाडौं,माघ १९ । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई सेनाले हिरासतमा लिएको छ । केही दिनयता जारी सरकार र सेनाबीचको तनाव र सत्ता पलटको आशंकाका बीच सुकीलाई सेनाले हिरासतमा लिएको बीबीसीले जनाएको छ ।

गत नोभेम्बर महिनामा भएको निर्वाचनमा सुकीको पार्टी पार्टी भारी मतसहित विजयी भएको थियो । तर सेनाले चुनावी प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै आएको छ । सेनाले सोमबार तय भएको संसद बैठक पनि स्थगित गर्न आह्वान गरेको छ ।

अहिले म्यानमारको राजधानी नेपिटाब र अन्य मुख्य सहरका सडकमा सेनाको बाक्लो उपस्थित रहेको छ । राजधानीमा टेलिफोन र इन्टरनेट सेवामा समेत प्रतिबन्ध लगाइएको छ ।

आफू समर्थित पार्टीले पाँच वर्ष पहिलाभन्दा निकै कम सिट पाएपछि सेनाले धाँधली भएको बताउँदै आएको थियो। म्यानमारमा सन् १९६२ देखि २०११ सम्म सैनिक शासन थियो।

सुकीले विश्व प्रतिष्ठित नोबेल शान्ति पुरस्कार पनि पाएकी छन् ।

प्रकाशित मिति : २०७७ माघ १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *