२०८१ मङ्सिर २७ गते बिहिवार

देशकै ठूलो सबस्टेशनको उदघाटन आज

काठमाडौं, माघ १९ । देशकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनको आज औपचारिक उद्घाटन हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मध्याह्न सबस्टेशनको उदघाटन गर्न लागेका हुन् ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान भएका छन् ।

यस्तै कूल ४००÷२२० केभी क्षमताको सबस्टेशनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब ९०० मेगावाट विद्युतलाई प्रसारण गर्न सक्दछन् ।

सबस्टेशनमा जडान गरिएको तीन सय १५ एमभीएको थप पावर ट्रान्सफर्मरको गएको पुस १९ गतेदेखि चार्ज गरेर सबै परीक्षण सम्पन्न गरिसकिएको छ । ढल्केबर सबस्टेशन बनेसँगै नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात–निर्यातका लागि पूर्वाधार तयार भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २०७७ माघ १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *