तुलसीपुर, माघ १४ । तुलसीपुर उपमहानगरपालिकाले २८ करोड लागतमा ‘टावर’ निर्माण गर्न सम्झौता गरेको छ । बहुउदश्यीय टावर निर्माण गर्नका लागि बुधवार नगर विकाश संग तुलसीपुर उपमहानगरपालिकाले काठमाडौंमा सम्झौता गरेको हो ।
सम्झौंता अनुसार अब टावर निर्माण गर्न नगर बिकाश कोषले ७० प्रतिशत ऋण दिने छ । २८ करोडमा निर्माण हुने टावरका लागि नगर विकास कोषले ७० प्रतिशत ऋण दिने र बाँकी ३० प्रतिशत रकम उपमहानगरपालिको आफै व्यहोर्ने सम्झौंतामा उल्लेख छ ।
तुलसीपुर मेयर घनश्याम पाण्डेले तुलसीपुरलाई आधुनिक शहरको पहिचान दिन ‘टावर’ले महत्वपूर्ण भुमिका खेल्ने आशा व्यक्त गरे । ‘तुलसीपुरको पहिचान दिने आधुनिक टावर निर्माण गरि यहाँको व्यापार व्यवसायको विकाश गर्ने हाम्रो उदेश्य हो,’ उनले भने ।
उपमहानगरपालिकाले उत्तर तर्फ संगै रहेको पुरानो तरकारी बजार भएको ठाउँमा उक्त टावर निर्माण गर्ने तयारी गरेको छ ।