२०८१ बैशाख ७ गते शुक्रवार

नेपालमा थप २ सय ८३ जना संक्रमित थपिए

काठमाडौं, माघ १४ । नेपालमा कोरोना भाइरसका २८३ जना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार ३७५ जना पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा चारहजार ३८२ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका २८३ जना सङ्क्रमित थपिएका हुन् ।

अहिलेसम्म २० लाख ५७ हजार ६९ पीसीआर परीक्षण भइसकेको छ ।

देशका विभिन्न अस्पतालबाट २४६ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा २४६ जना कोभिडमुक्त भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६५ हजार ६९ जना पुगेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८ भन्दा माथि उक्लेको थियो ।

यस्तै सो अवधिमा तीन जना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ ।

सो सँगै मृतकसँगै नेपालमा कोभिडबाट मृत्यु हुने दुई हजार बीस जना पुगेका छन् ।

हाल तीन हजार २८६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने तीन हजार २८६ जना आइसोलेशनमा र १२२ जना क्वारेन्टिनमा छन् ।

यस्तै पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा १४५ जना सङ्क्रमित थपिएका छन् ।

काठमाडौंमा १२२, ललितपुरमा १४ र भक्तपुरमा नौजना सङ्क्रमित थपिएका छन् ।

 

 

प्रकाशित मिति : २०७७ माघ १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *