काठमाण्डौ,माघ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको तीन महिनामा सबै नेपालीलाई खोप लगाइसक्ने बताएका छन ।
आम नागरिकलाई रोग र भोकबाट बचाउनु नै सरकारको प्रमुख प्राथमिकता रहेको भन्दै उनले अबको तीन महिनासम्म सबै नेपालीले कोरोना खोप पाइसक्ने सम्भावना रहेको बताएका हुन ।
कोरोनाविरुद्धको खोप सबै नेपालीले निःशुल्क पाउने पनि उनको भनाइ रहेको छ ।
यस्तै उनले कोरोना संक्रमणम सुरु हुनेबित्तिकै पालिकाहरुले गरेको कामप्रति धन्यवाद व्यक्त गरेका छन ।
पालिकाको आवश्यकता कोरोना भाइरसको संक्रमणले निम्त्याएको परिस्थितिले पनि पुष्टि गरेको उनले बताए ।
यस्तै उनले आफूले खतरा मोल्न तयार भएर अरुलाई बचाउन क्रियाशिल रहने अग्रपंक्तीमा रहेका व्यक्तिहरुको पनि प्रशंसा गरे ।
गएको १ वर्ष अन्यन्तै कठिन अवस्थाबाट गुज्रिएको भन्दै उनले छोटो तयारीमै नेपालले खोप ल्याउन सफल भएको बताए ।
प्रकाशित मिति : २०७७ माघ १४ गते बुधवार