२०८१ असोज ४ गते शुक्रवार

सोनापुर सिमेन्टले सर्वसाधारणको लागि २ करोड कित्ता शेयर निस्कासन गर्दै

तुलसीपुर, माघ ९ । दाङ तुलसीपुरको दूधरासस्थित सोनापुर मिनरल्स एण्ड आयलले दूई करोड कित्ता शेयर सर्वसाधारणका लागि निस्कासन गर्ने भएको छ ।

स्थानीय र सर्वसाधारणका लागि दूई करोड कित्ता शेयर निश्कासन गर्ने बारे सोनापुर मिनरल्स एण्ड आयलले एनआईबिएल एस क्यापिटल लिमिटेडका बीचमा सम्झौंता भइसकेको मिनरल्स प्रालिका माहाप्रबन्धक हरि पाठकले जानकारी दिए ।

एस क्यापिटलले सार्वजनिक शेर कित्ता निष्काशन गर्न बिक्री प्रबन्धक समेत नियुक्त गरि सकेको महाप्रवन्धक पाठकले बताए ।

माघ सात गते सोनापुर मिनरल्सका प्रबन्धक सञ्चालक निपेश तायल र एनआईबिएल एस क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले सम्झौंतामा संयुक्त रुपमा हस्ताक्षर गरेका हुन ।

कम्पनीले २ करोड कित्ता शेयर स्थानीयबासी सर्वसाधारण लाई सार्वजनिक निष्काशन गर्ने निर्णय गरेसंगै सर्वसाधारण पनि खुसी भएको माहाप्रवन्धक पाठकले बताए ।

यो संगै नेपालमा सोनापुर सोना प्रालि हेटौंडाको शिभम सिमेन्ट पछि सर्वसाधारणको लागि शेर बिक्रि गर्ने नेपालकै दोस्रो सिमेन्ट उद्योग बन्ने भएको छ ।

‘अब हामीपनि सार्वजनिक सम्पत्ति जस्तै भएका छौं,’ महाप्रवन्धक पाठकले भने ‘ यसबाट स्थानीय र सर्वसाधारणको पनि हामीमाथि स्वामित्व रहने छ ।’

माहाप्रवन्धक पाठकका अनुसार यो कम्पनी पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो । उनले सोनापुर मिनरल्स एण्ड आयल उच्चस्तरिय र गुणस्तरिय चुनढुङ्गा रहेको कम्पनी रहेको दावी पनि गरे ।

‘हाम्रो लो एमजीओ (म्याग्नेजिएम अक्साईड) भएको कम्पनी मात्रै हैन, उच्च गणस्तरिय चुनढुङ्गा भएको कम्पनी हो,’ मिनरल्सका प्रबन्धक सञ्चालक तायलले भने ‘ जसले गर्दा सोना सिमेन्ट नेपालकै एक उत्कृष्ट सिमेन्ट उत्पादन गर्ने कम्पनी हो ।’तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ दूधरासमा सोनापुर सिमेन्ट प्रालि स्थापना गरिएको छ ।

प्रकाशित मिति : २०७७ माघ ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *