२०८१ बैशाख ७ गते शुक्रवार

बाइडनले लिए अमेरिकी राष्ट्रपतिको सपथ

काठमाडौं, माघ ८। अमेरिकाको ४६ औँ राष्ट्रपतिका रूपमा जो वाइडेनले बुधबार पद तथा गाेपनियताकाे शपथ लिएका छन्। राजधानी वासिङ्टन डिसीमा भएको विशेष समारोहमा वाइडेनले राष्ट्रपतिको शपथ लिएका हुन्।

कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण शपथ ग्रहण समारोहमा सीमित व्यक्तिलाई मात्र प्रवेश दिइएको थियो भने दुई साताअघि भएको हिंसात्मक प्रदर्शनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ।

यसपटकको शपथग्रहण समारोह भने यसअघिको भन्दा फरक देखिएको थियो । समारोहमा डोनाल्ड ट्रम्प सहभागी भएनन् । ट्रम्पले यसअघि नै यो समारोहमा सहभागी नहुने घोषणा गरिसकेका थिए । आगामी राष्ट्रपतिको शपथग्रहणमा सहभागी नहुने उनी चौथो अमेरिकी राष्ट्रपति हुन् । पछिल्लो १५० वर्षको इतिहासमा भने उनी पहिलो राष्ट्रपति हुन् ।

गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पलाई पछि पार्दै बाइडन विजयी भएका थिए । उक्त निर्वाचनको नतिजामा ट्रम्पले असन्तुष्टि जनाउँदै आएका थिए । तर ट्रम्पका समर्थकहरूको विरोधका बाबजुद अमेरिकी संसदले बाइडनलाई विजयी घोषणा गरेको थियो ।

बाइडनभन्दा पहिला उपराष्ट्रपतिमा कमलादेवी ह्यारिसले सपथ लिएको थिइन् । ह्यारिस अमेरिकाको पहिलो महिला एव‌ं अश्वेत उपराष्ट्रपति हुन् ।

प्रकाशित मिति : २०७७ माघ ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *