२०८१ भाद्र २३ गते आइतवार

चुनाव गर्न ८ अर्ब बढी पैसा चाहिने आयोगको अनुमान

काठमाडौं, माघ ५ । निर्वाचन गराउन आठ अर्ब बढी रकम आवश्यक पर्ने निर्वाचन आयोगले अनुमान गरेको छ।

आयोगले आइतबार चुनावबारे दलहरूसँग छलफल गरेको थियो।

आइतबार नै आयोगले निर्वाचनमा लाग्ने खर्चबारे अर्थ मन्त्रालयसँग पनि छलफल गरेको छ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचनबारे छलफल सुरू गरिएको जानकारी दिए।

‘निर्वाचन गराउन आवश्यक पर्ने खर्चबारे सामान्य छलफल भएको हो,’श्रेष्ठले भने। आयोगले अर्थ मन्त्रालयका सचिवसँग छलफल गरेको थियो।

‘निर्वाचनका लागि कति खर्च लाग्छ भन्ने टुंगिसकेको छैन। तर आठ अर्बभन्दा बढी लाग्ने अनुमान छ,’ उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए। सरकारले वैशाख १७ र २७ मा चुनाव समेत तय गरेको छ।

तर प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। यसबारे निरन्तर सुनुवाइ भइरहेको छ।

प्रकाशित मिति : २०७७ माघ ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *