२०८१ फाल्गुन ६ गते मङ्गलवार

सरकार समृद्धिको यात्रामा अग्रसर छ : रक्षामन्त्री पोखरेल

रुकुम पूर्व, मङ्सिर २५। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारका विरुद्धमा विपक्षीबाट तानाबाना बुन्ने काम भइरहेको आरोप लगाएका छन ।

रुकुमपूर्वको रुकुमकोटमा आयोजित प्रथम पर्यटन तथा साँस्कृतिक महोत्सवको उद्घाटन गर्दै सरकारलाई असफल बनाउन सरकार विरुद्ध विभिन्न तानाबाना बुन्न थालिएको प्रति असन्तुष्टि व्यक्त गरे ।

“वर्तमान सरकार जनताको मत र विश्वासमा बनेको हो”, उनले भने, “हामी समृद्धिको यात्रामा छौं, केही चिच्याउँदैमा, विरोध गर्दैमा केही फरक पर्दैन ।” दुई तिहाइको मतमा बनेको सरकार समृद्धिको यात्रामा अग्रसर रहेकाले पनि साना तिना जालझेलका पछाडि नलाग्ने उनले स्पस्ट पारे ।

सरकार आफ्नो प्रतिबद्धताअनुसार अगाडि बढिरहेको बताउँदै उनले सरकार सामाजिक सुरक्षाका हिसाबले गम्भिर रहेको जानकारी गराए । यसैबीच भौगोलिक विभाजनका क्रममा कान्छो जिल्ला बने पनि रुकुम पूर्व विकासमा अग्रसर जिल्ला बन्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : २०७५ मङ्सिर २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *