काठमाण्डौ,पुस २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नव–निर्वाचित राष्ट्रपति जो बाइडेनलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
उनले वाशिङ्टनमा रहेको संसद भवन (क्यापिटल)भित्र आफ्ना समर्थकहरुले गरेको हिंसात्मक प्रदर्शनको २४ घण्टापछि एक भिडियो सन्देशमार्फत शान्तिपूर्ण रुपमा बाइडेनलाई सत्ता सुम्पिने बताएका हुन ।
प्रतिवद्धतासँगै ट्रम्पले अन्ततस् गएको नोभेम्बरमा भएको निर्वाचनमा जो बाइडनको जितलाई स्वीकार गरेका छन ।
प्रकाशित मिति : २०७७ पुष २४ गते शुक्रवार