२०८१ भाद्र २३ गते आइतवार

अमेरिकी सदनले राष्ट्रपतिमा बाइडेनको जित प्रमाणित गर्यो 

दाङ, पुस २३ , एजेन्सिको सहयोगमा । अमेरिकाका दुबै सदनको संयुक्त बैठकले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनलाई राष्ट्रपतिमा निर्वाचनमा विजयी भएको प्रमाणित गरेको छ।

स्थानीय समयअनुसार बुधबार अबेर राति सकिएको दुबै सदनको बैठकले बाइडेन ३ सय ६ इलेक्टोरल कलेज मत पाएर विजयी भएको प्रमाणित गरेको हो ।

सदनले बाइडेनकाप्रतिष्पर्धी रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्लले २ सय ३२ इलेक्टोरल मत मात्रै पाएको स्पष्ट गरेको छ ।

अमेरिकाभरि ५ सय ३८ इलेक्टोरल कलेज मत छन् । राज्यको जनसंख्या र भूगोलका आधार विभिन्न राज्यको फरक÷फरक इलेक्टोरल कलेज मत संख्या निर्धारण गरिएको छ।

राष्ट्रपति जित्न बहुमत अर्थात २ सय ७० इलेक्टोरल कलेज मत ल्याउनै पर्छ ।

अमेरिकामा राष्ट्रपति चुन्न नोभेम्बर ३ मा निर्वाचन भएको थियो ।

पराजित ट्रम्पले चुनावमा धाँधली भएको बताउँदै आएका थिए ।

त्यस्तै ट्रम्पका समर्थकले बैठक चलिरहेको बेला संसद भवनमा हिंसा मच्याएका थिए। जसका कारण चार जनाको मृत्यु भएको छ ।

त्यो हिंसात्मक स्थितिलाई नियन्त्रणमा लिएपछि बसेको संसदको बैठकले बाइडेनले निर्वाचन जितेको प्रमाणित गरेको हो।

उपराष्ट्रपति माइक पेन्सले संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपति जो बाइडेन हुने घोषणा गरे। बाइडेनले जनवरी २० मा राष्ट्रपतिको सपथ लिनेछन ।

प्रकाशित मिति : २०७७ पुष २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *