२०८१ असोज ४ गते शुक्रवार

बाँके प्रहरीले मापसे गरि सवारी दूर्घटना गराउने चालकलाई ज्यान केसमा मुद्दा चलायो

दाङ, पुस २० । बाँके प्रहरीले सोमबार मादक पदार्थ सेवन गरि सवारी चलाइ दूर्घटना गराउने चालकलाई पनि सार्वजनिक गरेको छ ।बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ६ का राजकुमार बाल्मिकीले मादक पदार्थ सेवन गरि चलाएको ना ५ ख ५७७३ नम्वरको बसले पुस १७ गते दिउँसो १२ ः ५५ बजे भे १ त ५१३४ नम्वरको ट्रयाक्टरलाई ठक्कर दिएको थियो ।

त्यसपछि बाल्मिकीले चलाएको नेपालगञ्जबाट कोहलपुर तर्फ जाँदै गरेको उक्त बस अनियन्त्रित हुन गइ नेपालगञ्ज १८ स्थित एमके पेट्रोल पम्प नजिकको बर्णवाल ट्रेड इन्टरनेसनल अटो पसलमा अटो किन्न गएका नेपालगञ्ज १३ का बिक्रम बृजबासीलाई ठक्कर दिएको थियो ।

बृजबासीको उपचारका क्रममा मृत्यु भएपछि बस चालक बाल्मिकीलाई सवारी ज्यान कसुरमा मुद्दा चलाई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताए ।

प्रकाशित मिति : २०७७ पुष २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *