२०८१ बैशाख ७ गते शुक्रवार

मानव अधिकारको संरक्षण र प्रबर्धनमा राज्य गम्भीर बन्नु पर्छ 

शरद रेग्मी
दाङ, मसिर २५ ।
मानव अधिकारको संरक्षण र प्रर्बदनका लागि राज्य गम्भीर बन्नुपर्ने अधिकारकर्मीहरुले जोड दिएका छन् । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले आज सोमबार तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा उनीहरुले नेपालको संबिधानमा गरिएको संबैधानिक ब्यबस्था,अन्तराष्ट्रिय मानव अधिकारको बिश्वब्यापी घोषणा पत्र,बिभिन्न समयमा भएका सम्झौतलाई कार्यान्वनय गर्नुपर्नेमा जोड दिएका छन् । निर्मला पन्तको बलत्कार र हत्या घटनामा दोषिको पहिचान हुन नसक्नु राज्यको असक्षमता हो,महिलाहरुमाथि हुने हिंसा र अत्याचार सघन्य अपराध बिषयक अन्तरक्रिया कार्यक्रममा नागरिक समाज र अधिकारकर्मीहरुले कानुनी राज्यको उपहास गर्न नहुनेमा जोड दिएका छन् ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सबै पक्ष जिम्मेवार हुन सके अधिकार सुनिश्चीत हुने बताउनुभयो । उहाले भन्नुभयो,महिला अधिकार,अपाङता भएका ब्यक्तिको अधिकार,जेष्ठ नागरिक,दलीत लगायत सबैको अधिकार सुनिश्चीत हुने बताउनुभयो । तर अधिकार माग गर्ने नाममा राज्यका संयन्त्रले अनुसन्धान गर्दा गर्दै पनि त्यसका बिरुद्ध सडक संघर्ष गरि हाल्नु पर्ने अबस्था भने नरहेको बताउनुभयो ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिब सुशील बस्नेतले निर्मला पन्त घटनाका दोषिलाई सरकारकाले पहिचान गर्न नसक्नु कानुन शासन र शान्ति सुरक्षा प्रति प्रस्न चिन्ह खडका भएको बताउनुभयो । दोषिलाई तत्काल पहिचान गरि कारर्बाही गर्न माग गर्ने क्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी लगायत २५ जनालाई अन्तराष्ट्रि«य दिवस मानव अधिकार दिवसको दिनमा राजधानी काठमाण्डौमा गिरफ्तार गरेकोमा बिरोध गर्नुभयो ।

शान्ति समाज दाङका सभापति शरद रेग्मीको सभापत्विमा भएको उक्त कार्यक्रममा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक प्रेमराज शाही,नागरिक समाज दाङ सल्लाहकार टीकाराम रेग्मी,मानव अधिकार तथा शान्ति समाजका पूर्ब केन्द्रिय सदस्य निर्मल नेपाली,महिला मानव अधिकार रञ्जक सञ्जाल दाङका संयोजक सुष्मा गिरी,तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावत बिरु,एमनेष्टी ईन्टर नेशनल ग्रुप ६६ का महासचिव सुनिल पोख्रेल,जेष्ठ नागरिक समाज समाज दाङका संयोजक खुमानन्द अधिकारी,लायन्स क्लवका ललीतजंग शाह,राप्ती बहिरा संघका निर्देशक प्रतिमा शर्मा,द्धष्टीबिहीन संघका अध्यक्ष रामबहादुर खड्का,पत्रकार नारायणी रजौरे लगायतले मानव अधिकार,शान्ति र सुशासनका बिषयमा चर्चा गर्नुभएको थियो । शान्ति समाज दाङका कोषाध्यक्ष अमृतप्रसाद शर्माले स्वागत मन्तब्य र सहजिकरण सहसचिब उषा गौतमले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७५ मङ्सिर २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *