२०८१ भाद्र २६ गते बुधवार

आमा छोरा मोटरसाईकलमा सवार थिए – आमालाई बाघले झम्टिएर लग्यो 

दाङ, पुस १८ । मोटरसाईकलमा सवार एक महिलालाई बर्दिया राष्ट्रिय निकुञ्जमा बाघले झम्टिएर लगेको छ ।

हालसम्म ती महिलाको अवस्था अज्ञात रहेको छ ।

कैलाली जिल्लाको लम्किचुहा नगरपालिका वडा नं. ४ कौवापुर की ५० बर्षीया नन्दकली थापालाई बाघले मोटरसाईकलबाटै झम्टिएर लगेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रबक्ता डिएसपी योगेन्द्र खड्काले जानकारी दिए ।

डिएसपी खड्काका अनुसार मोटरसाईकल उनका छोरा २२ बर्षीय सञ्तोष थापाले चलाएका थिए ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत शुक्रवार राति दश बजेतिर पूर्वबाट पश्चिम भुरीगाउँवाट चिसापानी तर्फ जाँदै गरेको सु.प.प १००८ प. ६८०१ नम्बरको मोटरसाईकलको पछाडि सवार ५० बर्षीया थापालाई बाघले झम्टिएर लगेर गएको डिएसपी खड्काले बताए ।

  1. उनीहरु बाँकेको कोहलपुरबाट घर तर्फ फर्किदै गर्दा बाघको आक्रमणमा परेका थिए ।

छोरा सञ्तोषले मोटरसाईकल अलि स्लो भएको समयमा बाघले उनकी आमालाई झम्टिएर मोटरसाईकलबाटै लगेको जानकारी दिएका छन् ।

बाघको आक्रमणबाट मोटरसाईकल ढलेको र पछि आफुले निकुञ्जका सुरक्षाकर्मीलाई खवर गरेको भन्ने कुरा सञ्तोषले गरेको प्रहरी अधिकारीले बताएका छन् ।

घटनास्थल पूर्वपश्चिम राजमार्ग अन्तरगत निकुञ्ज भित्रपर्ने नेपाली सेनाको अम्रेनी चेक पोष्ट भन्दा करिव ५÷ ६ किलोमिटर पश्चिममा रहेको जिल्ला प्रहरी प्रबक्ता खड्काले जानकारी दिए ।

 

बाघले मोटरसाईलकलमा झम्टिएर मानिस बेपत्ता पारेपछि खोजीका लागि नेपाली सेनाको टोली, नेपाल प्रहरीको टोली र निकुञ्जको टोली खोजीमा खटिएको भएपनि यो खवर तयार पार्दासम्म थापालाई फेला पार्न नसकिएको डिएसपी खड्काले जानकारी दिए ।

खवर पाए लगतै राति नै निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना हात्तीबाट खोजीमा निस्केको भएपनि फेला पार्न नसकिएको डिएसपी खड्काले बताए । उनको खोजी कार्य जारी रहेको पनि खड्काले बताए ।

 

प्रकाशित मिति : २०७७ पुष १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *