२०८१ माघ ३ गते बिहिवार

सङ्घीय संरचनामा थप तेइस हजार कर्मचारी आवश्यक : मन्त्री ज्ञवाली

काठमाडौँ, मङ्सिर २४। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सङ्घीय संरचनामा थप २३ हजार कर्मचारी आवश्यक पर्ने बताएका छन । प्रदेश अन्तर परिषद् बैठकमा भएको छलफलका क्रममा आवश्यक कर्मचारी लोक सेवा आयोगबाट माग गर्दै जाने विषयमा छलफल भएको उनले बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गुल्मी काठमाडौँ निर्वाचन क्षेत्र नं १ ले आयोजना गरेको नेता, कार्यकर्ता, मतदाता, शुभचिन्तकको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले गुल्मी जिल्लालाई दुईवटा राजमार्गले जोड्न लागिएको जानकारी दिए ।

“मदन भण्डारी राजमार्ग र कालीगण्डकी कोरिडोरले गुल्मीलाई जोडिन्छ, रेसुङ्गा विमानस्थलमा यसै वर्षदेखि स्थायी रुपमा उडानको व्यवस्था हुन्छ,” उनले भने । जिल्लाका रुरु, रेसुङ्गा र सत्यवतीलाई पर्यटकीयस्थलका रुपमा सरकारले घोषणा गरेकाले धार्मिक पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने मन्त्री ज्ञवालीको भनाइ थियो । कार्यक्रममा प्रदेशसभा सदस्यद्वय कमलराज श्रेष्ठ र दिनेशकुमार पन्थीले रुरु रिडी क्षेत्रको गुरुयोजना निर्माण गर्न प्रदेश सरकारले रु दुई करोड बजेट विनियोजन गरेको जानकारी दिए ।

प्रकाशित मिति : २०७५ मङ्सिर २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *