२०८१ भाद्र २६ गते बुधवार

खूल्यो लाइसेन्सको अनलाइन आवेदन

दाङ, पुस १४ । सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन ९ महिनापछि खोलिएको छ । कोरोना भइरस महामारीको कारण बन्द भएको आबेदन ९ महिनापछि खोलिएको हो । प्रदेश मन्त्रालय र यातायात व्यवस्था विभागका बीचमा  समन्वय हुन नसक्दा आवेदन खोल्न ढिला भएको हो ।

यातायात व्यवस्था विभागले पुस १० गते  सूचना जारी गर्दै स्वास्थ्य सम्बन्धी मापदण्डहरू पालन गरेर मंगलबारदेखि आवदेन खुला गरेको जनाएको छ । 

सेवाग्राहीले बिहान ६ बजेदेखि रातको १० बजेसम्म फारम भर्न सक्ने सुविधा प्रदान गरिएको छ । अनलाई फारम भर्न यातायात व्यवस्था विभागको वेबसाइटमा गएर भर्न सकिन्छ । 

त्यसरी फारम भर्दा बिभागको पेज खुलेपछि दाइने तर्फको  अनलाइन सवारी चालक अनुमति पत्र प्रणली लेखिएको लिंकमा क्लिक गर्नु पर्छ । अनि  अनलाइन ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसनमा क्लिक गर्ने । 

नयाँ पेज देखिएपछि क्याटोगोरीमा गइ नयाँ लाइसेन्स, लाइसेन्स रिन्यू, वा प्रतिलिपी मध्य एक अप्सन छानेर तल प्रोसिड लेखिएको बटनमा क्लिक गर्ने । 

त्यसमा  व्यक्तिगत विवरण भरेर आफूलाई पाएक पर्ने परीक्षा केन्द्र छानेर सबमिट गर्नु पर्छ । त्यही पेजमा  तोकिएको मितिमा बायोम्याट्रिक दिन यातायात व्यवस्था कार्यालय जानु पर्छ ।

प्रकाशित मिति : २०७७ पुष १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *