२०८१ भाद्र २६ गते बुधवार

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने आँटसमेत गरेनन् : प्रकाशमान सिंह

काठमाडौं,पुस १३ । प्रतिपक्षी कांग्रेसका नेता प्रकाशमान सिंहले दुई तिहाइको सरकार हुँदाहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकेको बताएका छन ।

संसद‍ विघटनविरुद्ध बानेश्वरमा काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेको प्रदर्शनपछि विरोध सभामा बोल्दै सिंहले यस्तो बताएका हुन्।

संसद‍ विघटन गरेर प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको उनले बताए।

नेकपाभित्रको आन्तरिक कलह व्यवस्थापन गर्न नसकेर प्रधानमन्त्री ओलीले संसद भंग गरेर रिस पोखेको उनको दावी छ। ुपार्टीभित्रको कलह व्यवस्थापन गर्न नसकेको रिस संसद भंग गरेर देखाए,ुउनले भने।

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले संवैधानिक कू गरेको भन्दै उनले सबै मिलेर संविधानलाई पुनस्‍स्थापित गर्नुपर्ने बताए।

पुष ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विदयादेवी भण्डारीले संसद विघटन गरेपछि सत्ता रुढ र प्रतिपक्षी कांग्रेस आन्दोलित भएको हो। सोमबार कांग्रेसले देशभर विशाल प्रदर्शन गर्दैछ।

प्रकाशित मिति : २०७७ पुष १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *