२०८१ भाद्र २३ गते आइतवार

दाङमा सल्लाह गरेर एकै दिन दूई समुहको पार्टी कार्यालयमा बैठक

फोटो ः आजाद खड्का ।

तुलसीपुर, पुस १२ । अरु जिल्लाहरुमा नेकपा आधिकारीक रुपमा विभक्त भइ नसकेपनि त्यसको पक्ष र बिपक्षमा तीब्र मतभेदहरु देखा परेपनि दाङमा भने हालसम्म त्यस्तो अवस्था अझैं देखिएको छैन ।

यो बीचमा पक्ष र विपक्षमा विरोध पर्दशन भने भएका छन् । तर पनि पार्टी कार्यालयमा बैठक बस्ने सवालमा भने दाङमा सल्लाह गरेर दुबै समुहले आलोपालो बैठक गरेका छन् । आइतबार बिहान ओली समुहले जिल्ला पार्टी कार्यालय घोराहीमा आफ्नो समुहको बैठक गरेको छ ।

जिल्ला कार्यालय सदस्य हुकुमबहादुर बस्नेतको अध्यक्षतामा बैठक बसेको हो ।

जिल्लामा ७ सदस्य कार्यालय सदस्य मध्य ओली पक्षमा बस्नेत मात्रै छन् । बिहान ९ बजेदेखि सुरु भएको बैठक विहान ११ बजे सकिएको थियो ।

बस्नेतका अनुसार बैठकले ३ सय जना जिल्ला कमिटी सदस्य थप्ने निर्णय गरेको छ । उनले सल्लाह गरेर बैठक बसेको बताए ।

‘निर्वाचन आयोगले जस्लाई आधिकारीकता प्रदान गर्छ पार्टी कार्यालय उसैले उपयोग गर्छ,’ बस्नेतले भने ‘ भोलि मुख देखाउन समेत गाह्रो हुने गरि झगडा नगरौं केन्द्रको निर्णयपछि त्यही अनुसार गरौंला भन्ने सल्लाह हामी बीचमा भएको छ।’

उनलाई आइतबारको बैठकले नेकपा दाङको नियमित बैठकको संज्ञापनि दिए ।

त्यसपछि मध्यान्हः १२ बजेपछि नेकपा प्रचण्ड–ओली समुहको बैठक सुरु भएको छ ।
नेकपा दाङका अध्यक्ष टीकाराम खड्काको अध्यक्षतामा बैठक सुरु भएको छ ।
जारी बैठकमा नेकपाका नेताहरु युबराज ज्ञवाली, कृष्णबहादुर महरा, प्रदेश सचिव जगप्रशाद शर्मा ९अपार०, जिल्ला इञ्चार्ज जिवन गौतम, सचिव तुल्सीराम पुन ९सुभाश० लगाएका सहभागि रहेको जिल्ला सचिवालय सदस्य पदम केसीले बताए ।

‘केन्द्रका बिवाद टुंगो नलाग्दासम्म सल्लाह गरेरै आपसी सहमतिमा अगाडि बढौं भन्ने कुरा भयो,’ केसीले भने ‘त्यसैले उहाँहरु विहान बैठक बस्नु भो र हामी अहिले बैठक बसिरहेका छौं।’

तर, केसीले ओली समुहको बैठकलाई एउटा गुटको संज्ञा दिए ।

‘सबै पदाधिकारी हाम्रै पक्षमा छन्,’केसीले प्रश्न गरे ‘एकजना कार्यालय सदस्यले गर्ने भेलालाई गुटको बैठक नभनेर के भन्न त ।’

तर, केसीले पनि पार्टी कार्यालय निर्वाचन आयोग र अदालतको फैसला पछि मात्रै कस्को हुने भन्ने एकिन हुने स्पष्ट पारे । ‘भोलिपनि राजनीति गर्नु छ,’ उनले भने ‘ आज साथी भाइका बीचमा झैंझगडा किन गर्ने भन्ने हाम्रो सम्झदारी भएको छ।’

दुबै समुहको बैठक एकैदिन हुने जानकारी आएपछि बाक्लो संख्यामा प्रहरी जिल्ला पार्टी कार्यालयमा तैनाथ गरिएको थियो ।

दाङ जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले संभावित झडप नहोस भनेर आफुसहित ठूलो संख्यामा प्रहरी जिल्ला पार्टी कार्यालयमा उपस्थित रहेको जानकारी दिए ।

प्रकाशित मिति : २०७७ पुष १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *