काठमाडौं,पस १० । नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले ‘प्रतिनिधि सभाको असंवैधानिक विघटन खारेजी’को माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका छन् ।
माइतीघरमा शुक्रबार बिहानदेखि विरोध प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शनमा पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत नेता–कार्यकर्ताहरु सहभागी छन् ।
विरोध प्रदर्शनमा नेकपा नेता तथा कार्यकर्ता नारासहित घेराउमा छन् ।
उनीहरुले ‘असंवैधानिक कदम मान्दैनौं’, ‘संसद अविधेशन सुचारु गर’, ‘असंवैधानिक हर्कत बन्द गर’, ‘प्रतिगामी हर्कत बन्द गर’ जस्ता नारा लगाइरहेका छन् ।
उनीहरुको नारा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध केन्द्रित छ ।
प्रकाशित मिति : २०७७ पुष १० गते शुक्रवार