२०८१ भाद्र २५ गते मङ्गलवार

मंगलबार बनाइएका केन्द्रीय सदस्यलाई प्रशिक्षण दिँदै ओली समूह

काठमाडौं, पुस ८ । नेपाल कम्युनिष्ट पार्टीको केपी शर्मा ओली समूहले मंगलबार बनाइएका नयाँ केन्द्रीय सदस्यहरूलाई आज प्रशिक्षण दिने भएको छ।

उक्त समूहका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बुधबार राजधानीका विभिन्न स्थानमा ७ प्रदेशका प्रशिक्षण कार्यक्रम हुनेछन्।

विभिन्न नेताहरूले ती कार्यक्रममा प्रशिक्षण दिने छन्।

ज्ञवालीका अनुसार कार्यगत प्रशिक्षण दिन विभिन्न नेताहरूलाई जिम्मेवारी दिइएको छ।

सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा.विन्दा पाण्डे, कर्णाली प्रदेशमा शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य, लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटाले प्रशिक्षण दिने छन्।

त्यस्तै गण्डकी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेल, वागमती प्रदेशमा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्यालले प्रशिक्षण दिने छन्।

प्रदेश नं २ बाट केन्द्रीय सदस्य बनेकाहरूलाई प्रशिक्षण दिन ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतोलाई जिम्मेवारी दिइएको छ भने प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा। शिवमाया तुम्वाहाम्फेले प्रशिक्षण दिने छन्।

यसअघि मंगलबार प्रधानमन्त्री ओलीले नेकपाको केन्द्रीय समितिमा ५ सय ५६ जनालाई थपेका थिए।

पुष्पकमल दाहाल ‘प्रचण्डु र माधवकुमार नेपाल समूहले भने एक तिहाइ केन्द्रीय सदस्यको बैठकले केन्द्रीय सदस्य थप्न नसक्ने बताएका छन्।

 

 

प्रकाशित मिति : २०७७ पुष ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *