काठमाडौं, पुस ७ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० र बरिष्ठ नेता माधवकुमार नेपाल समुहले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको छ।
मंगलबार बिहान बसेको ‘प्रचण्ड’ र नेपाल सहुको स्थायी कमिटी बैठकले ओलीलाई अध्यक्षबाट हटाउने र माधवकुमार नेपाललाई अर्कौ अध्यक्ष बनाउने निर्णय गरेको जानकारी दिइएको छ ।
उक्त निर्णय यो खवर तयार पार्दा जारी रहेको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीले पास गर्ने एक नेताले जानकारी दिए ।
यसअघि ओली र प्रचण्ड अध्यक्ष थिए। नेकपाको विधानमा दुई अध्यक्ष रहने व्यवस्था छ।
यो निर्णयले अब नेकपा विभाजनको नजिक पुगेको राजनीतिक बृतमा तर्कहरु हुन थालेका छन् ।
प्रकाशित मिति : २०७७ पुष ७ गते मङ्गलवार