काठमाडौं, पुस ७ । सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकटको मंगलवार बिहानको भेलाले महाधिवेशन आयोजक समिति बनाएको छ ।
बालुवाटारमा बसेको ओली निकटको केन्द्रीय सदस्यहरूको भेलाले १ हजार १ सय ९९ सदस्य महाधिवेशन आयोजक समिति निर्माण गरेको छ ।
नेकपामा हाल ४ सय ४६ जना केन्द्रीय सदस्य छन । ओली समुहले मंगलवार नै ५ सय ५६ जना नयाँ सदस्य थप्ने निर्णय गरेको छ ।
यो समुहले १ सय ९७ जना पछि थप्ने गरी महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको जानकारी दिइएको छ ।
ओली गुटको भेलामा पूर्वमाओवादी निकट मानिएका नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी र मणि थापा पनि सहभागी भएका थिए ।
भेलामा नेकपा उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा भने सहभागी भएनन् ।
यसअघि पूर्व माओवादी निकट मानिएका लेखराज भट्ट ओली समूहको समर्थनमा देखिएका थिए ।
स्रोतधका अनुसार ओली गुटको भेलालले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरुलाई कारबाही गर्ने निर्णयपनि गरेको छ ।
ओलीले हठत संसद् विघटन गरेपछि नेकपा विभाजन हुन सक्ने आँकनलहरु भइरहेका छन् ।