२०८१ भाद्र २५ गते मङ्गलवार

टिकटक बनाउँदा झुलुङ्गे पुलबाट खसेका युवाको मृत्यु

दाङ, पुस ६ । टिकटक बनाउँदा झुलुङ्गे पुलबाट खसेर घाइते भएका तुलसीपुरका युवाको उपचारका क्रममा मृत्यु भएको छ ।

घटना भएको दूई दिनपछि उनको बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा सोमबार बिहान मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. – १९ बिजौरीका २४ वर्षीय रमेश थापा शनिवार दिउँसो टिकटक बनाउने भन्दै बबई गाउँपालिका वडा नं. ५ स्थित पुरन्धारा झरना नकिजैको झुलुङ्गे पुलबाट खसेर गम्भीर घाइते भएका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले आइसियूमा उपचाररत थापाको सोमबार बिहान साढे ७ बजेतिर मृत्यु भएको जानकारी दिए ।

शनिवारको दिन रमाइलो गर्ने भन्दै साथीहरु संग पुरन्धारा झरनामा उनीहरु पिकनिक खान गएका थिए ।
पिकनिक खाइसकेपछि थापाले टिकटक बनाउन भन्दै बबई नदी माथिको झुलुङ्गे पुलमा राखिएको सपोट तारमा झुण्डिएका थिए ।

त्यही क्रममा उनी झन्डै २० मिटर माथिबाट सोझै बबई नदीको बगरमा खसेका थिए ।

सपोट तारमा झुण्डिएको १०÷१५ मिनेट पछि थापाको हात गलेपछि उनी त्यहीबाट खसेका थिए ।

पुलबाट खरेर गम्भीर घाइते थापालाई उनकै साथीहरुले उद्धार गरि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पु¥याएका थिए ।

त्यहाँ उपचार संभव नभएपछि सोही दिन बेलुका सवा ६ बजेतिर घाइते थापालाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको थियो ।

इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक मोहन विक्रम केसीले पिकनिक खाइसकेपछि साथीसँगै झुलुङ्गे पुलमा गएका थापाले टिकटक बनाउन भन्दै असाबधानी पूर्वक सपोट तारमा झुण्डिएको र पछि त्यहाँबाट आउन प्रयास गरेपनि नसकेपछि हात गलेर बगरमा खसेको जानकारी दिए ।

 

प्रकाशित मिति : २०७७ पुष ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *