२०८१ भाद्र २३ गते आइतवार

प्रधानमन्त्री रोजगार कार्यक्रम : बजेट आयो,योजना आएनन्

‘तुलसीपुरमा २२ सय ८१ जना बेरोजगार सुचिकृत’

तुलसीपुर,पुस ५ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दाङको तुलसीपुरमा १ करोड ६९ लाख २८ हजार बजेट आएको छ । आर्थिक वर्ष २०७७÷०७८ को रोजगार कार्यक्रमका लागी दुई चरणमा गरि १ करोड ६९ लाख २८ हजार बजेट आएको तुलसीपुर उपमहानगरपालिका प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक किरण गौतमले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा युवा रोजगारीको लागी रुपान्तरण पहल कार्यक्रम अन्तर्गत ५१ लाख ९२ हजार र दोश्रो चरणमा नेपाल सरकारको सर्शत अनुदान रकमबाट १ करोड १७ लाख ३६ हजार बजेट आएको हो । सरकारले विगत ३ वर्ष अघि देखि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार युवालाई रोजगारी दिनका लागि सबै स्थानिय तहरुमा करोडौँ बजेट विनियोजन गर्दै आएको छ । तर विडम्बना स्थानीय तहहरुले त्यसको कार्यान्वयनलाई प्राथमिकतामा राखेको देखिँदैन ।

तुलसीपुरमा रोजगार कार्यक्रम अन्तर्गत अहिले योजना छनोटको काम भैरहेको संयोजक गौतमले जानकारी दिए । योजना छनोटका लागि तुलसीपुरका १९ वटै वडाहरुमा निवेदन पठाएका छौँ,उनले भने,–केही वडाबाट छनोट योजना आइसकेको छ भने केहीबाट आउन बाँकी रहेको छ । वार्षिक योजना किताबमै भएका योजना छनोटमा आएमा तत्कालै काम सुरु गरिने उनको भनाई छ । उनले वडाबाट जति छिटो योजना छनोट भएर आउछन,त्यत्तीनै छिटो काम सुरु गर्ने बताए ।

तुलसीपुर उपमहागरपालिकाले स्थानिय तहबाटै रोजगारी दिने उद्देश्यले गत साउनको ८ गते देखि भदौको ७ गतेसम्म बेरोजगारी आवेदन खुल्ला गरेको थियो । तुलसीपुरमा यसवर्ष २ हजार २ सय ८१ जना बेरोजगार सूचीकृतमा परेका छन । उनीहरुले उपमहानगरपालिकामा रोजगारीको माग गर्दे फारम भरेका हुन ।

यी मध्ये अहिले पहिलो चरणका १ सय जना र दोश्रो चरणका २ सय २७ जना गरि ३ सय २७ जनाले रोजगार पाउने संयोजक गौतमले जानकारी दिए। रोजगारीको हकसम्बन्धी ऐनले न्युनतम रोजगारी हुनका लागि कम्तीमा १ सय दिन हुनुपर्ने व्यस्था गरेपछि त्यो कार्यान्वयन हुन सकेको छैन ।

प्रकाशित मिति : २०७७ पुष ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *