दाङ, पुस ५ । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीमण्डलमा रहेका ७ मन्त्रीहरूले आइतबार बेलुका सामूहिक राजीनामा दिएका छन् ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरका ७ मन्त्रीले सिंहदरबारमा पत्रकार सम्मेलन गरि सामुहिक राजीनामा घोष्णा गरेका हुन ।
शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन, कृषि तथा पशुपंक्षी बिकास मन्त्री घनश्याम भुसाल, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री योगेश भट्टराई, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादव र खाने पानी तथा सरसफार्य मन्त्री बीना मगरले सामुहिक राजीनामा दिएका हुन ।
प्रकाशित मिति : २०७७ पुष ५ गते आइतवार