तुलसीपुर,पुस ४ । नेपाल पत्रकार महासंघ दाङले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ।
रक्तदान जीवन दान भएको भन्दै २८ औं दिवसका अवसरमा शनिबार एक कार्यक्रमका बीच रक्तदान कार्यक्रम गरि दिवस मनाएको हो ।
सो अवसरमा शाखाका अध्यक्ष सबिन प्रियासन,सचिव भूपेन्द्र ओली,लुम्बिनी प्रदेशका अध्यक्ष मौशम रोका,सुदर्शन रिजाल, लक्ष्मी आचार्य,यमकला भुसाल,सुशीला आचार्य,प्रकाश चौधरी,संगिता चौधरी,छवि पूरी ,देव यादव लगायतले रक्तदान गरेका थिए ।
कार्यक्रम नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियासनको अध्यक्षतामा भएको थियो ।
प्रकाशित मिति : २०७७ पुष ४ गते शनिवार