तुलसीपुर, पुस ३ । तुलसीपुरस्थित प्रादेशिक अस्पतालमा भर्ना भएका विरामीलाई आवस्यक परेको रगत उपलब्ध गराउन भनेर अस्पताल परिशरमै कालिकादेवी स्मृति रक्तसन्चार केन्द्र स्थापना गरिएको छ । तर, त्यहाँ नै व्लड नपाइएपछि विरामीका आफन्तहरु आजित छन् । दौडधुप गर्दापनि व्लड नपाउने अवस्था आए तनाव हुने नै भयो । विहिवार दिउँसो सो रक्तसञ्चार केन्द्रमा विरामीका लागि आवस्यक ओपोजेटिभ एक पोकापनि रगत थिएन ।
त्यसपछि आत्तिएर विरामीका आफन्तले सामाजिक सञ्जालमा व्लड अभाव भएको भन्दै व्लड दानका लागि आह्वान गरे ।त्यसपछि रक्तसन्चार केन्द्रले पपनि रगत अभाव भएको आह्वान ग¥यो । त्यसैले शुक्रवार एकाउक अनकल रक्तदान कार्यक्रम भएको हो ।
रगतको अभाव टार्न रोटरी क्लव अफ तुलसीपुर र रोट्र¥याक क्लव अफ तुलसीपुरले आफ्नो संस्थामा आवद्ध सदस्यहरुलाई आह्वान गरी स्वच्छिक रुरपमा रक्तदान गर्न लगायो ।एकैदिन विभिन्न व्लड ग्रुप समुहका २० जनाले रक्तदान गरेपछि तत्कालका लागि रगतको अभाव ट¥यो ।
त्यसमध्य अधिकांश ओपोजेटिभ समुहका थिए । ‘रक्तसञ्चार केन्द्रको अनकलमा हामीले आकस्मिक रुपमा रक्तदान गरेका हौं,’ क्लवका महासचिव देवेन्द्र केसीले भने ‘ कोही कसैको पनि व्लड अभावमा मृत्यु नहोस भन्ने हाम्रो चाहाना हो ।’
उसो त यो क्लवले बार्षिक रुपमा दूई पटक नियमित कार्यक्रम अन्तर्गत रक्तदान गर्दै आएको छ । तर, अप्ठेरो पर्दा जुनसुकै समयमा पनि रक्तदान गर्ने गरि उनीहरुका सदस्य तयारी हालतमा बसेका हुन्छन् । व्लड ग्रुपसहित क्लवका सबै सदस्यको नाम र नम्वर रक्त सञ्चार केन्द्रमै राखिएको हुन्छ । आवश्यक पर्दा जतिबेला जो पनि दान गर्न तयार हुन्छन् । मध्य रातमा समे आएर क्लवका सदस्यहरुले रगत दान गरेको महासचिव केसीले बताए । उनी आँफैपनि आधा रातमा आएर रगत दान गरेका छन् ।
रक्तदान जिवनदान भन्ने सामाजिक भावनाका साथ आफुहरु जानकारी पाउनासाथ आएर रक्तदान गर्न तयार हुने गुरुजजुरु मावि रक्षाचौरकी शिक्षिका विष्णु केसीले पनि बताइन । ‘रोटरीमा आवद्ध हुनु नै सामाजिक सेवाभाव हो,’ उनले भनिन् ‘ आवश्यक पर्दा जतिबेला पनि हामी तयारी अवस्थामा हुन्छौं।’
कोरोनाको भाइरसको माहामारीको समयमा रक्तदान कम भएको छ । त्यसले जताततै रगतको अभाव सृजना भएको छ । त्यसमा पनि ओपोजेटिभ रक्तसमुहको व्यापक अभाव देखापरेको सरोकारवालाहरु बताउँछन् ।
संक्रमितहरुको उपचारका लागि ओपोजेटिभ समुहको रगतको प्लाज्माको माग धेरै अस्पतालहरुमा बढेसंगै यो समुहको रगत खोज्न नेपालगञ्जबाट समेत विरामीका आफन्तहरु दाङसम्म आउने गरेको पाइएको छ ।अध्यक्ष क्लवका अध्यक्ष शुरेश हमालले भने,‘व्लड बैंकमा जुनसुकै समुहको रगत अभाव भएमा पनि हामी चौविसै घण्टा रक्तदानका लागि तयार हुन्छौं।’
यसैबीच रोटरी क्लव अफ तुलसीपुर र लायन्स क्लव अफ तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका प्रवेश गर्ने चारवटै नाकामा शुक्रवार नै स्वागत वोर्ड टांगेको छ । दूई वटा स्वागत वोर्ड रोटरी क्लव अफ तुलसीपुर र थप दूईवटा वोर्ड लायन्स क्लव दाङले टाँगेको हो । त्यस्तै शुक्रवारै रोटरी क्लव अफ तुलसीपुरको बर्ष २०२१÷२०२२ को कार्यसमिति समेत गठन गरिएको छ । जस्को नेतृत्व शिव श्रेष्ठले गर्ने छन् ।