२०८१ असोज ४ गते शुक्रवार

दाङ उवासंघको अधिबेशन पुस २० गते गर्ने निर्णय

विभिन्न समितिहरु गठन

घोराही, मंसिर ३० । दाङ जिल्ला उद्योग वाणिज्य संघको १६ औ अधिवेसन आगामी पुस २० गते हुने भएको छ । मंगलवार बसेको संघको कार्य समिति तथा पुर्व अध्यक्षहरुसहितको बैठकले निर्वाचनको अधिबेशनको मिति तय गरेको संघका महासचिव नरेश कार्कीले जानकारी दिए । उक्त अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने छ । बैठकले निर्वाचनका लागि जिल्ला बारको अध्यक्ष शिवप्रसाद घिमिरेलाई प्रमुख निर्वाचन अधिकृत तोकेको छ ।

उक्त निर्वाचन समितिको सदस्यमा मणिराम आचार्य र प्रदिप गौतम रहेका छन् ।त्यस्तै बैठकले साधारण सभा तथा अधिवेसन गर्न विभिन्न उपसमिति पनि गठन गरेको छ । नारायणप्रसाद भुसालको संयोजक रहेको अतिथि छनोट तथा सत्कार समिति गठन गरिएको छ । जसको सदस्यहरुमा पूर्व अध्यक्षहरु धुवराज श्रेष्ठ , चन्द्रराज पन्त रहेका छन । त्यस्तै मञ्च व्यवस्थापन समितिको संयोजकमा महेन्द्र वुढाथोकीलाई जिम्मेवारी दिइएको छ । त्यसको सदस्यहरुमा पिताम्वर शर्मा, छविनारायण गिरी रहेका छन् ।

त्यस्तै प्रतिवेदन तयारी समितिपनि गठन गरिएको छ । जसको संयोजकमा नरेश कार्की छन् भने सदस्यहरुमा सुशिल पोख्रेल, विन्दु दाहाल छन् । त्यस्तै जलपान व्यवस्थापन समितिको संयोजकमा सुशिल पोख्रेल रहेका छन भने सदस्यहरुमा टंकसिह पोखरेल र रामप्रसाद पोखरेल छन् ।

सम्मान तथा पुरस्कार व्यवस्थापन समितिको संयोजमा माया पोख्रेल र सदस्यहरुमा मिनराज भाट र धनपति शर्मा रहेका छन् । बैठक संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा बसेको हो । संघले स्वर्ण जयन्ति तथा साधारण सभा भने पुस १८ गते गर्ने भएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *