२०८१ असोज ३ गते बिहिवार

प्रधानमन्त्रीले दलका प्रमुख सचेतक गुरुङको राजीनामा मागे

काठमाडौं, मंसिर ३० । आफुलाई असहयो गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङको राजीनामा मागेका छन ।

केही दिन पहिले प्रमुख सचेतक गुरुङलाई बालुवाटार वोलाएर प्रधानमन्त्रीले राजीनामा मागेको स्रोतले बताएको छ ।

प्रधानमन्त्रीले गुरुङलाई आफ्नो बिरोध गर्दै हिडेको, आफुविरुद्ध सार्वजनिक अभिब्यक्ति दिएको भन्दै राजीनामा मागेको स्रोतले बताएको छ ।

नेकपाभित्रको बिवादमा नेता गुरुङ कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालको पक्षका मानिन्छन् । उनी पूर्व माओवादीका नेता हुन ।

गुरुङले भने पार्टीले राजीनामा मागे मात्रै आफुले राजीनामा दिने र प्रधानमन्त्रीले माग्दैमा नदिने अडान पार्टी समक्ष राखेको स्रोतले बताएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *