तुलसीपुर,मंसिर २९ । एमनेष्टी इन्टरनेशनल नेपाल समुह ६६ दाङको संयोजकमा पुर्ण बिक्रम डाँगीलाई चयन गरिएको छ ।
एमनेष्टी इन्टरनेशनल नेपालका पुर्व केन्द्रिय सदस्य प्रमोद न्यौपानेको नेतृत्व र समुहका निर्वतमान संयोजक मोहन सुनारको संयोजकत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
जसको सह–संयोजकमा सुनिल कुमार पोख्रेल,सचिवमा बामदेव सापकोटा,कोषाध्यक्षमा जिवराज चौधरी र सह–सचिवमा रेशम खड्कालाई चयन गरिएको छ ।
त्यस्तै समुहको सदस्यहरुमा मालिका पाण्डे,कृति कुमारी खड्का,कमल भण्डारी र शशिधर पोख्रेललाई चयन गरिएको समुहका निर्वतमान संयोजक मोहन सुनारले जानकारी दिए ।
उनका अनुसार कोभिड–१९ का कारण साधारण सभा नगरि छलफलबाटै कार्यसमिति चयन गरिएको हो ।
यसैबिच एमनेष्टी इन्टरनेशनल नेपालको केन्द्रिय अधिवेशनमा दाङबाट जिल्ला सह–संयोजक सुनिल कुमार पोख्रेललाई प्रतिनिधीको रुपमा पठाउने निर्णय गरिएको समुहले जनाएको छ ।
मानव अधिकारको क्षेत्रमा क्रियाशिल एमनेष्टी इन्टरनेशनल नेपालले देशैभर मानव अधिकार संरक्षण र अधिकार स्वतन्त्रताको लागी महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको छ ।