काठमाडौँ,मंसिर २८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा दुई रुपैयाँले मूल्य बढेको निगमले जनाएको छ।
निगमका अनुसार भारतीय आयल कर्पोरेशनले डिसेम्बर १ मा मूल्य बढाएर पठाएकाले निगमले पनि मूल्य बढाउनु परेको हो।
भारतले गत डिसेम्बर १ मा पेट्रोल र डिजेलमा प्रतिलिटर ४/४ रूपैयाँ बढाएर पठाएको दाबी निगमको छ ।
नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ पुगेको निगमले जानाएको छ ।
प्रकाशित मिति : २०७७ मङ्सिर २८ गते आइतवार