२०८१ भाद्र २८ गते शुक्रवार

शिक्षक हत्याको शान्ति समाजद्धारा निन्दा

तुलसीपुर,मंसिर २७ । मोरङको मिक्लाजुङस्थित सरस्वती आधारभूत बिद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको अपहरण पछि क्रुरुर्तापुर्बक हत्या गरिएको प्रति मानव अधिकार तथा शान्ति समाजले निन्दा गरेको छ ।

उस्ले जघन्य हत्याका दोषीहरुलाई कानुनी कारवाही गर्न मागपनि गरेको छ ।

शान्ति समाजका केन्द्रीय महासचिब सुशील बस्नेतले शुक्रवार जारी गरेको प्रेस बिज्ञप्तिमा हत्या हिंसाको राजनीति सदैव निन्दनीय हुने र सभ्य समाजलाई स्विकार्य नहुने उल्लेख गरेका छन् ।

हिंसाको राजनीतिले एकातिर २०६२÷६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई खण्डित गर्न चाहने तप्कालाई र अर्कोतिर विभिन्न बहानामा भ्रष्टाचार र असक्षमतालाई ढाकछोप गर्न खोज्ने चरित्रलाई बल पुग्ने बस्नेले बताएका छन् ।

हत्याको जिम्मा घटना भएकै दिन मंसिर २३ गते नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको थियो ।

प्रकाशित मिति : २०७७ मङ्सिर २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *