तुलसीपुर, मंसिर २६ । दाङमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
बबई गाउँपालिका वडा नं. ४ की ७२ बर्षीया महिलाको बेलझुण्डी कोरोना विशेष अस्पतालमा बिहीवार बिहान साढे ७ बजे मृत्यु भएको छ ।
ती महिला मंसिर १९ गतेदेखि अस्पताको आइसियूमा उपचाररत थिइन ।
बेलझुण्डी अस्पतालका व्यवस्थापक द्रोर्ण वलीका अनुसार ती महिलामा दम, उच्च रक्त चाप, सुगर जस्ता समस्याहरु थिए ।
यो संगै बेलुझुण्डी कोरोना विशेष अस्पतालमा ६ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : २०७७ मङ्सिर २५ गते बिहिवार