२०८१ बैशाख १४ गते शुक्रवार

घोराहीमा स्कार्पिया दूर्घटना – १ को मृत्यु, २ गम्भीर घाइते

दूर्घटनामा ज्यान गुमाएका विजय अधिकारी ।

तुलसीपुर, मंसिर २० । पिकनिक खाएर घर तर्फ फर्किदै गरेका व्यक्तिहरु दूर्घटनामा पर्दा घोराहीका एक युवाको मृत्यु भएको छ भने थप दूई गम्भीर घाईते भएका छन् ।

शनिवार बेलुका पौने ५ बजेतिर घोराही तर्फ आउँदै गरेको प्रदेश ३ – ०१–०२२– च ६३६९ नम्वरको स्कार्पियो अनियन्त्रित भइ घोराही उपमहानगरपालिका वडा नं. १७ सिस्ने खोलामा पल्टिदा घोराही १७ का ३५ बर्षीय विजय अधिकारीको मृत्यु भएको छ ।

गम्भीर घाईते उनको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले बताए ।दूर्घटनामा परि घोराही १७ कै ३६ बर्षीय उमाकान्त घिमेर र घोराही १५ का ३६ बर्षीय शमिर पन्त घाइते भएका छन् ।

दुबै घाईतेलाई घोराहीमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको डिएसपी खड्काले बताए ।

घाइते मध्य घिमिरेलाई गुप्ताङ्गमा र पन्तलाई टाउकोमा चोट लागेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनीहरु मिल्ने साथीहरु मिलेर शनिवारको पिकनिक खान भनेर जंगलतिर गएका थिए ।

प्रकाशित मिति : २०७७ मङ्सिर २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *