२०७७ माघ १४ गते बुधवार

नेपालमा थप १३ सय ४ जनामा कोरोना संक्रमण, संक्रमितको सङ्या २ लाख ३३ हजार ४ सय ५२ पुग्यो

काठमाडौं,मंसिर १६ । पछिल्लो २४ घण्टामा १३ सय ४ जना कोरोना भाइरस ९कोभिड(१९० संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरै थपिएका १३ सय ४ सहित संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ।

यस्तै मन्त्रालयका अनुसार मंगलबार २ हजार ७३ जना डिस्चार्ज भएका छन्।
यो सहित निको हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ। यस्तै आज कोरोनाबाट थप २१ जनाको मृत्यु भएको छ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय २९ पुगेको छ।

देशभर क्वारेन्टिनमा ६१६ जना रहेका छन् भने आइसोलेसनमा १६ हजार ६ सय ३३ जनाको उपचार भइराखेको छ।

मन्त्रालयका अनुसार ३७० जनाको आइसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २०७७ मङ्सिर १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *