२०८१ बैशाख ८ गते शनिवार

बुटवल–पाल्पा सडक आजदेखि ५ दिनसम्म दैनिक ४ घण्टा बन्द

बुटवल,मंसिर १४ ।  सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड आइतबार (आज) देखि पाँच दिनसम्म दैनिक ४ घण्टा बन्द गरिएको छ ।

राजमार्गको झुम्सा–दोभान खण्डमा कालोपत्रे गर्नका लागि दिनमा दुई पटक गरी दैनिक ४ घण्टा सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

डिभिजन प्रमुख मुकुन्दराज अधिकारीका अनुसार बिहान १०ः३० बजेदेखि १२ः३० बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म राजमार्गमा सवारी आवागमन बन्द रहनेछ ।

प्रकाशित मिति : २०७७ मङ्सिर १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *