तुलसीपुर,मंसिर १० । नेपाल विद्यार्थी सघंका पुर्व केन्द्रिय अध्यक्ष नैनसिंह महरले नेपाल विद्यार्थी सघंका गतिविधीहरु चुस्त रुपमा अगाडी बढाउन आग्रह गरेका छन ।
नेपाल विद्यार्थी सघं राप्ती बबई क्याम्पस इकाई समितिले आयोजना गरेको चियापान तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
उनले देशको सरक्षण र प्रर्वद्धनको लागी युवा शक्तीको महत्वपुर्ण भुमिका रहने हुदाँ नेवीसघंमा आवद्ध युवाशक्ती एक भएर लाग्नुपर्ने अवस्था आएको बताए ।
नेपाल विद्यार्थी सघं राप्ती बबई क्याम्पस इकाई समितिका सभापती कैलाश चन्दको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख युवराज रावत,समन्वय विभागका सचिव नहकुल केसी,नेपाल तरुण दल दाङका सचिव धुर्व आचार्य,नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं ९ का पाटी सभापती बलिराम केसी,नेविसघं दाङका जिल्ला सह–सचिव जितेन्द्र प्रकाश वलि,नेपाल दलित विद्यार्थी सघ दाङका अध्यक्ष कालसिङ थापा लगाएतको उपस्थिती रहेको थियो ।
राप्ती बबई क्याम्पस इकाई समितिका वरिष्ठ उपाध्यक्ष रेशम खरालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव रोहित देवकोटाले गरेका थिए ।