२०७७ माघ १४ गते बुधवार

बैतडीमा जीप दूर्घटना ५ जनाको मृत्यु थप ५ घाइते

दाङ,मंसिर ९ । बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने थप ५ जना घाइते भएका छन्।

जिल्लाको दरशथ चन्द नगरपालिका १० बुड्डामा भएको उक्त दुर्घटनामा परी दशरथचन्द नगरपालिका – ५ बसकोटका ७५ वर्षीय पार्वती चन्द , ७७ वर्षीया पार्वती चन्द , सुर्नया गाउँँपालिका– ४ का ७५ वर्षीया कलावती चन्द, दशरथचन्द नगरपालिका– ४ जरगाउँका वर्ष ७७ का भगिरथ पाण्डे र दशरथचन्द नगरपालिका– २ का कृष्ण लावडको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक सबै भारतको पिथौरागढमा पेन्सन बुझेर फर्किरहेकाहरु रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

दूर्घटनामा परि चालकसहित थप ५ जना घाइते भएका छन् ।

गाडी चालक तथा साहु दशरथचन्द नगरपालिका–४ का गापाल कार्कीलाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।
बाँकीको सबैको जिल्ला अस्पतालमा बैतडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ना १ ज २१९६ नम्बरको जीप अनियन्त्रित भएर दूर्घटनामा परेको प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *