२०८३ जेष्ठ २९ गते शुक्रवार

बेवारिसे शव जलाउने १८ वर्षीया सपना बिबिसीको प्रभावशाली महिलाको सूचीमा

काठमाडौँ,मंसिर ९ । काठमाडौंमा बेवारिसे शव जलाउने १८ वर्षीया सपना रोका मगर बेलायती प्रसारण संस्था (बिबिसी)ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेकी छन्।

बिबिसीले मंगलबार सार्वजनिक गरेको सूचीमा समावेश म्याग्दीकी सपना सहित बिबिसीको उक्त सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह, अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको कोरोनाभाइरसविरूद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट पनि छन्।

म्याग्दीको मंगला गाउँस्थित घरबाट चार वर्षअघि निस्केकी सपना रोका मगर स्वयमसेवककै रुपमा एकाएक बेवारिसे शव जलाउने काममा संलग्न भइन्।

उनले करीब ४० वटा बेवारिसे भएका शवलाई दागबत्ती दिइसकेकी छन्।

छ वर्षदेखि यस्ता वेवारिसे शव व्यवस्थापनमा लागिपरेका ललितपुरका विनयजंग बस्नेतको अभियानबाट प्रभावित भएर उनी त्यसैमा जोडिनका लागि म्याग्दीबाट काठमाडौं पुगेकी हुन्।

अघिल्लो वर्ष (२०१९)नेपालका तर्फबाट महिला र बालबालिकाको क्षेत्रमा काम गर्ने बोनिता शर्मा यो सूचीमा थिइन्।

 

प्रकाशित मिति : २०७७ मङ्सिर ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *