२०८३ जेष्ठ ३० गते शनिवार

दाङका १० क्रसर उद्योगलाई बन्द गर्न निर्देशन

घोराही, मंसिर ७ । दाङका दशवटा क्रसर उद्योग बन्द हुने भएका छन् । स्थानीय प्रशासनले आगामी १५ दिन भित्र दशवटा क्रसर उद्योग  बन्द गर्न निर्देशन दिएको छ ।

 प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले आइतवार बेलुका पत्रकार सम्मेलनमा बालुवा वासिङको अनुमति लिएर क्रसिङको काम गरिरहेका दश उद्योगहरु बन्द गर्न निर्देशन दिइएको जानकारी दिए । 

बन्द गर्न निर्देशन दिइएका उद्योगहरुमा स्वर्गद्धारी स्किृन प्लान्ट प्राली, जनविश्वास बालुवा बासिङ उद्योग, गणेश बालुवा वासिङ उद्योग, के एण्ड एस बालुवा प्रसोधन वासिङ उद्योग, मंगलम बालुवा प्रशोधन उद्योग, बागरबाबा बालुवा प्रशोधन उद्योग, पाण्डबेश्वर बालुवा वासिङ उद्योग, जयबागेश्वरी बालुवा प्रशोधन उद्योग, दाङ एग्रीगेट बालुवा वासिङ उद्योग र पूर्णागिरी एग्रीगेट बालुवा वासिङ उद्योग रहेका छन ।

प्रजिअ आचार्यको टोलीले चार दिन लगाएर जिल्लामा सञ्चालित  ४० वटा जति क्रसर र वासिङ उद्योगको अनुगमन गरेको थियो ।  

‘ बालुवा वासिङ उद्योगको नाममा दर्ता गरि क्रसर उद्योग संचालन गरेको देखियो,’ प्रजिअ आचार्यले भने ‘ त्यसैले ती उद्योगहरु बन्द गर्न निर्देशन दिइएको हो ।’ 

 जिल्लामा क्रसिङका लागि भनेर दर्ता भएका अन्य सवै उद्योगले मापदण्ड पुरा गरेको देखिएको प्रजिअ आचार्यले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रकाशित मिति : २०७७ मङ्सिर ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *