२०८३ जेष्ठ २९ गते शुक्रवार

कञ्चनपुरका एक वडा अध्यक्ष झुण्डिएको अवस्थामा फेला

कञ्चनपुर,मंसिर ५ । कञ्चनपुरका एक वडा अध्यक्ष झुण्डिएको अवस्थामा फेला परेका छन्।

बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का ५७ वर्षीय वडा अध्यक्ष कृष्ण बहादुर रोकाया शुक्रबार झुण्डिएको अवस्थामा फेला परेका हुन्।

आज बिहान १० बजेतिर घरदेखि एक किलोमिटर टाढाको रूखमा प्लाष्टिकको डोरीले झुण्डिएका अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अम्मर थापाले जानकारी दिए ।

उनी बिहान ७ बजे घरबाट निस्केका थिए। उनले घरबाट निस्केको एक घण्टामा छोरालाई मन्दिर नजिकै छु भनेका थिए।

उनी अबेरसम्म घर नफर्केपछि परिवारले खोज्न जाँदा झुण्डिएको अवस्था फेला परेको प्रहरी नायब उपरीक्षक थापाले बताए।

शव पोष्टमार्टमका लागि अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए।

उनी नेकपाबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

प्रकाशित मिति : २०७७ मङ्सिर ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *